नेपाल आयल निगम लिमिटेडका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं – नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पक्राउ गरेर उपस्थित गराउन अदालतले आदेश दिएको छ ।

विशेष अदालत प्रशासनका अनुसार न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजालसले खड्काविरुद्ध पक्राउ पुर्जी जारी गर्ने आदेश दिएको हाे । विशेषले पटक–पटक ताकेता गर्दा पनि अकूत सम्पति आर्जनका आरोपी खड्का उपस्थित नभएपछि सोमबार पक्राउ गरेर ल्याउन पुर्जी जारी गर्ने आदेश दिएको छ ।

२०७५ पुसमा १८ करोड अकुत आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले खड्काविरुद्ध पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माणका लागि झापा, सर्लाही, चितवन र रुपन्देहीमा जग्गा खरिद गर्दा ठूलो रकम भ्रष्टाचार गरेको आरोपमा छानबिन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्