कञ्चनपुर, ८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका–७ टाउके टोल बस्ने ४० वर्षीय मुकेश क्षेत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।