काठमाडाैं – काठमाडाैंको बालुवाटारमा गोली चलेको छ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक प्रहरी हवल्दारले गोली चलाएको खुलेको छ ।
गोली लागेर माओवादी केन्द्रका नेता बर्षमान पुनकी ७० वर्षीय आमा तीर्थमाली पुन घाइते भएकी छन् । खुट्टामा गोली लागेकी पुनको ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ ।
गोली राती ९ बजे चलाएपनि हवल्दारलाई प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । घटनाबारे प्रहरीले उनीमाथी थप अनुसन्धान गरिरहेको छ ।