अर्किडमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो, यस्ता छन् विशेषताहरु !

काठमाडौँ – काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले नयाँ शैक्षिकका लागि भर्ना खोलेको छ ।
स्कुलले नयाँ शैक्षिक सत्रमा नर्सरी देखि कक्षा ९ सम्मको भर्ना खोलेको हो । अर्किड स्कुलमा सर्वसुलभ शुल्कमा गुणस्तरीय पढाईको व्यवस्था गरिने स्कुलका संचालक एवं निर्देशक प्रेमकुमार भुजेलले जानकारी दिए । उनका अनुसार गरिब तथा जेहन्दार विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गरिने छ भने घरेलु, मायालु एवं मनोवैज्ञानिक वातावरणमा अध्यापन गराइने छ । यस्तै अंग्रेजी माध्यमबाट अध्यापन गराइने, बालमैत्री वातावरणमा अध्यापन गराइने, पुस्तकालय, कम्प्युटर ल्याब, साइन्स ल्याब तथा शैक्षिक सामाग्रीको पर्याप्त व्यवस्था गरिने भुजेलले जानकारी दिए ।

यस्तै काउन्सिलिङ कक्षाको पुर्ण व्यवस्था समेत स्कुलले गरेको छ । कम्तिमा हप्ताको २ दिन श्रव्य–दृश्य विधिबाट अध्यापन गराईने छ भने गीत, संगीत, नृत्य तथा खेलकुद प्रतियोगिताहरुमा विद्यार्थीहरुलाई पर्याप्त मात्रामा सहभागी गराइने स्कुलले जनाएको छ ।
यस्तै अनुभवी तथा तालिमप्राप्त शिक्षक शिक्षिकाहरुद्वारा अध्यापन गराइने, समयसमयमा शैक्षिक भ्रमणको व्यवस्था गरिने र १ वर्षको मासिक शुल्क अग्रिम भुक्तानी गरेमा १ महिनाको शुल्क छुट दिइने निर्देशक भुजेलले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्