काठमाडौँ – मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चैत १९ देखि २२ गतेसम्म निष्काशन गरेको आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट हुने भएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार भोली चैत २९ गते दिउँसो १ः३० बजे बाँडफाँट हुने भएको हो ।
पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओ १३ लाख २५ हजार ८४७ आवेदकबाट एक अर्ब ४७ करोड ३५ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ३५ हजार ५३० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्टाइएको १३ लाख ३७ हजार ३०२ कित्ता शेयरको ११.०१ गुणा बढी हो । कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १ लाख ३३ हजार ७३० जनाले मात्रै १० कित्ता शेयर पाउनेछन् ।
कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ आयोजना प्रभावित स्थानिय बासिन्दालाई र निष्काशन गरिसकेको छ ।
त्यसमध्ये ३ प्रतिशत अर्थात ८० हजार ७० कित्ता शेयर सामुहकि लगानी कोषका योजनाहरुको लागि र २ अर्थात ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण गर्न लागेको हो ।