चुनावी घरदैलोमा व्यस्त उपेन्द्र यादव चुनाव जित्नेमा विश्वस्त

बारा – बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उपेन्द्र यादव चुनावी घरदैलोमा व्यस्त रहेका छन् । उपेन्द्र यादवलाई जिताउन उक्त निर्वाचन क्षेत्रका प्रत्येक टोलमा टोल कमिटि गठन गरिएको छ । बिहानदेखि रातिसम्म हुने घरदैलो, अन्तरक्रिया र चुनावी सभाले उनलाई भ्याइनभ्याइ छ ।
उनले आफू उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित भएपछि गर्ने कार्यहरुको सूचि तयार पार्ने काम गरिहेका छन् । जनताले व्यक्त गरेका गुनासो, हरेक पालिका, वडा र टोलको आवश्यक्ता अनि जनताहरुको माग टिपोट गरिरहेका छन् । मधेस र मधेसी जनताको अधिकारका लागि आफूले आजसम्म गरेका कार्यहरुबारे त्यहाँका जनतालाई बताइरहेका छन् । चुनावी घरदैलोको दौरानमा जनताहरुले व्यक्त गरेको आश्वासन र भरोसाका कारण यादव चुनाव जित्नेमा विश्वस्त देखिन्छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्