गाउँपालिकाका एक इन्जिनियर २० हजार घुससहित पक्राउ

काठमाडौँ – २० हजार घुस रकम सहित एक जना इन्जिनियर पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय इटहरीले एक जना इन्जिनियरलाई पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए

बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता पक्राउ परेका हुन्। उनले घर नक्सा पास गराउन सेवाग्राहीसँग घुस मागेका थिए।

उक्त खबर पाएपछि इटहरीबाट खटिएको टोलीले विराटनगर महानगरपालिका-५ स्थित पुल्चोकबाट घुस लिँदा लिँदै पक्राउ गरेको दाहालले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्