चुनावको मुखमा अडियो सार्वजनिक गरिएकोमा रास्वपा सभापति लामिछानेको असन्तुष्टि

FILE PHOTO

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावको मुखमा पैसा लेनदेनको अडियो सार्वजनिक गरिएकामा असन्तुष्टि व्यक्त गरेका छन् ।  अडियो सार्वजनिक गर्नु शंकास्पद भएको समेत बताएका छन् । उनले भनेका छन् ‘यो यतिबेला अडियो किन ल्याइयो ? अरु दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने बचाउने हाम्रो दलमा चलन छैन,’ चितवनमा भएको चुनावी कार्यक्रममा लामिछानेले भने, ‘निर्वाचन आयोग, अदालतबाट नसकेपछि चुनावकै मुखमा यस्ता कुरा आउनुलाई मैले अन्यथा लिएको छैन । जसले गल्ती गरेपनि कारबाही गर्ने सक्ने छाती लिएर हिंडेको छु ।’

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेको टिमका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईसँग सहयोग माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्