बालेनलाई जवाफ दिदै हमालले भने – ‘विद्यालयहरुले पोशाक र किताब बेचेका छैनन् सहजीकरण गरेका मात्र हुन्’

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (नेशनल प्याब्सन) नेपालका अध्यक्ष पाण्डव हमालले काठमााडौँका मेयर बालेन साहले भने जस्तो विद्यालयहरुले किताब र पोशाक नबेचेको दाबी गरेका छन् ।

आइतबार उपहारखबरसँग नेशनल प्याब्सनका अध्यक्ष हमालले भने विद्यालयहरुले यस्तो कार्य नगरेको दाबी गरेका छन् । ‘बिद्यालयले यस्तो काम गरेको छैन र गर्नु पनि हुन्न ।’ अध्यक्ष हमालले भने, ‘तर हरेक बिद्यालयको आ– आफ्नै नाम, फरक पहिचान र ठाउँ, वतावरण अनुसारको रहन सहन रहेकाले नेपाल सरकार पाठ्यक्रम बिकास केन्द्रले निर्धारण गरेको पुस्तकलाई बिद्यालयमा समावेस गरेतापनी लेखक, प्रकाशन फरक हुन सक्छ ।’

विद्यालयको आफ्नै छुट्टै चिनारी रहेकोले फरक–फरक पोशाक हुन सक्ने हमालको भनाई छ । त्यसलाई अभिभावक माझ सहजीकरण गरिदिने काम बिद्यालय ब्यबस्थापन पक्षबाट हुन स्वभाबिक भएको हमाल दाबी गर्छन । ‘बिद्यालयको आफ्नै छुट्टै चिनारी रहेकोले फरक फरक पोशाक हुन सक्छ ।’ उनले भने, ‘त्यसलाई अभिभावक माझ सहजीकरण गरिदिने काम बिद्यालय ब्यबस्थापन पक्षबाट हुन स्वभाबिक नै हो ।’

विद्यालयले सहजीकरण गरेर पाठ्यपुस्तक र पोशाक विद्यार्थीहरुलाई उपलब्ध गराउनु सकारात्मक भएको उनको तर्क छ । ‘वर्तमान अवस्थामा सबैको ब्यस्ततालाई बुझी बिद्यालय पक्षबाट समय सापेक्ष सहजीकरण गरिदिनु त राम्रो कुरा हो । सकारात्मक पक्ष नै हो ।’ हमालले भने ।

आइतबार मेयर साहले विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको बताएका थिए । मेयर शाहले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्नसमेत अनुरोध गरेका छन् । किताब बेच्ने विद्यालयलाई कारबाही गर्नेसमेत महानगरले चेतावनी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्