‘टाउके नेताहरू लाई तह नलागाई मुलुक समृद्ध हुँदैन, सडक र सदन बाट युवाहरु एकजुट हुनुपर्छ’ : सांसद शाही

File Photo

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले टाउके नेताहरू लाई तह नलागाई मुलुक समृद्धिको बाटोमा नजाने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमाल लेख्दै यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘हरेक ब्याबस्था र हरेक सरकारमा अबसर खोज्ने सिमित घेराबन्दी बनाएर चुनाव गराउने सिमित ब्याक्तीलाई मात्र चुनावमा भाग लिन पाउने नीति बनाउने । टाउके नेताहरू लाई तह नलागाई मुलुक समृद्धिको बाटोमा लम्किदैन’

उनले नेताहरुले आफु अनुकुलका नीति बनाउने भएकाले युवाहरुको भविष्य सुनिश्चित नहुने बताएका छन् । सांसद शाहीले सडक, सदन र स्थानीय सरकाबाट युवाहरु एकजुट भएर लड्नुपर्ने समेत बताएका छन् ।

‘युवाहरुको भबिस्य सुनचित हुदैन । त्यसैले सडकबाट होस या सदनबाट वा स्थानीय सरकारबाट युवाहरु एकजुट भएर लडन आब्श्यक छ ।’ शाहीले लेखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्