काठमाडाैं – ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्नेक्रममा एयर डाइनेस्टी हेलिकप्टर सामान्य दुर्घटना परेको छ । त्रिभुवन विमानस्थलबाट उडेको हेलिकप्टर अस्पतालको हेलीप्याडमा अवतरण गर्नेक्रममा पछाडिपट्टिको पंखाको टुक्रा खसेको छ । तर मानवीय क्षति लगायत अन्य क्षति भने केहि भएको छैन ।
उक्त हेलिकप्टर डाक्टर लिएर भरतपुर जान लागेको थियो । त्यसैबीच हेलिकप्टरको केही भाग झरेपछि अर्कै हेलिकप्टर पठाइएको छ । उक्त भाग के कारणले खसेको हो भनि प्राविधिक जाँच भइरहेको छ । अहिले हेलिकप्टर त्यहि स्थानमा रहेको छ ।