काठमाडौँ – कानुनविद् डा. ज्ञान बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनको पार्टीले अराजनीतिक दोहरो चरित्रको अन्त्य गर्नुपर्ने बताएका छन् ।
डा. बस्नेतले कोशी प्रदेशको नामाकरण गर्दा सदनमा आँखा चिम्लिेर मत हाल्ने र सडकमा विमती गर्नुले दाहालको दोहरो चरित्र उदागिंएको बताएका हुन् । उनले भनेका छन्, ‘सदनमा चैं ’कोशी’ प्रदेशको नाममा आँखा चिम्लेर मत हाल्ने अहिले सडकमा चैं बिमती गर्ने, राजनिती गर्ने अनि दोहोरो चरित्र देखाउँने ? जातिय राज्य यहाँ हुँदैन । दाहाल र उनको पार्टिले दुईटा बोटमा खुट्टी राखेर यात्रा गर्ने घोर अराजनीतिक चरित्रको आजै अन्त्य गरुन ।’
सरकारले आजै सरकारले कोशी प्रदेशको नामकरणविरूद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई सहिद घोषणा गरेको छ।