काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुबासीहरु काठमाडौँ उपत्यकाबासीलाई पानी खुवाउन तयार रहेको बताएका छन् ।
बिहिबार उपहार खबरसँग कुराकानी गर्दै अध्यक्ष शेर्पाले हेलम्बुबासी काठमाडौँ उपत्यकाबासीलाई पानी खुवाउन तयार रहेको तर त्यस क्षेत्रका बासिन्दालाई चाहिने पानी त्यस क्षेत्रमा पनि छोडनुपर्ने बताएका छन् । ‘काठमाडौलाई पानी दिने कुरामा हामी सहयोग गर्छौ तर हाम्रो त्यो वेल्टलाई चाहिने पानी छोड्नुपर्छ’ अध्यक्ष शेर्पाले भने, ‘राज्यको दायित्व के काठमाडौँलाई मात्र पानी खुवाउने होला त ? हाम्रो त्यो क्षेत्रको जनता पनि त बराबर हो नि ।’
अध्यक्ष शेर्पाले काठमाडौँको जनता ‘क’ वर्गको हुने र हेलम्बु क्षेत्रको जनता ‘ख’ वर्गको हुन्छ र ? भन्दै प्रश्न समेत गरेका छन् । ‘काठमाडौँको जनता ‘क’ वर्गको हुने र हेलम्बु क्षेत्रको जनता ‘ख’ वर्गको हुन्छ र ?’ अध्यक्ष शेर्पाले प्रश्न गरे ।