काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिकामा स्थानीय जौँ बाट विस्कुट बन्ने भएका्े छ ।
गाउँमै रोजगारी सिर्जना गर्ने गरी गाउँपालिकाले १ दर्जन बढी स्थानीय महिलाहरुलाई स्थानीय जौँ बाट विस्कुट बनाउने तालिम दिएको गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिए । उनका अनुसार स्थानीय जौँ बाट विस्कुट उत्पादन गरेर निकट भविष्यमा नै बजारमा आउने छ ।
विस्कुट उत्पादन गरेर बजारमा ल्याउन सकिए स्थानीय महिलाहरु आर्थिक रुपमा सवलहुने अध्यक्ष बोहराको भनाई छ ।
यसैबीच अपिहिमाल गाउपालिका र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड काठमाडौं बिच सम्झौता भएको छ । अपिहिमाल गाउँपालिका भरिका किसानहरुले उत्पादन गरेका रैथाने बालिहरु फापर,कोदो जौ, कागुनो चिनो र दलहन बाली सिमि ,घ्यु सिमि , राज्मा रातोसिमी लगायतका दलहन बालिलाई स्थानीय किसान सहकारीबाट खरिद गरि अपिहिमाल गाउँपालिकाले संकलन भण्डारण र प्रसोधनको व्यवस्था समेत गर्ने भनि सहमति पत्रमा उल्लेख गरिएको छ ।
अपिहिमाल गाउँपालिकाले संकलन गरि प्रसोधन गरेका खाद्य बस्तुलाई गुणस्तरिय बनाएर काठमाडौं लगायतका प्रमुख सहरका उपभोक्तालाई लाभ पुर्याउने गरी बजारीकरण गर्न दुई पक्षको आपसी सहमतिमा मूल्य निर्धारण गरिने सम्झौता पत्रमा भनिएको छ । प्याकेजिङ र बजारीकरणमा खर्च खाद्य व्यवस्था तथा ब्यापार कम्पनी काठमाडौंले गर्ने गरि सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष भगत ठेकरे बोहरा र उपाध्यक्ष देवकी देबि बोहरा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द र विभागीय प्रमुख भिम बहादुर थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेको गाउँपालिका अध्यक्ष बोहराले बताए ।