काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभागका पूर्वकर्मचारी तथा नायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध २ करोड १४ लाख रुपैंयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार घिमिरेले ७ करोड ३९ लाख रुपैयाँ सम्पत्ति जोडेका छन् । जसमध्ये उनको वैध आम्दानी ५ करोड २५ लाख रुपैंयाँ मात्र हो । २ करोड १४ लाख ४६ हजार ६५२ रुपैयाँ २४ पैसा गैरकानुनी आर्जन गरेको देखिएको छ । उनीमाथि गत जेठमा अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत रुपमा प्रवेश गरेको आरोप लागेको थियो ।