अर्थमन्त्री डा. प्रकाशशरण महतलाइ सेयर बजारले गर्‍यो रातो कार्पेटले स्वागत

काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारले रातो कार्पेटले स्वागत गरेको छ । संकटग्रस्त अर्थतन्त्रको नेतृत्व पाएका मन्त्री महतले पाएपछिको पहिलो कारोबार दिन अर्थतन्त्रको ऐना मानिने सेयर बजार भने गिरावट भएको छ । आज सेयर बजार नेप्से परिसूचकमा १.०५ प्रतिशतको गिरावट भएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा २० अंकको गिरावट हुँदा १८८८.५५ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा गिरावट हुँदा नेप्से दोहोरो अंकले घटेको छ । व्यापार उपसूचक सर्वाधिक २.५८ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.६३ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक १.०८ प्रतिशतले गिरावट भएको हो ।

गत सातको अन्तिम दुई कारोबार दिन लगातार १ अर्बबाट तल झरेको कारोबार रकम आइतबार भने बढेको छ । गत बुधबार ८२ करोड र बिहीबार करिब ९० करोडको कारोबार भएको बजारमा आइतबार १ अर्ब २० करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्