चीनले वैशाख १८ गतेदेखि तातोपानी र हिल्सा नाका पनि खुला गर्ने

काठमाडौं – चीनले वैशाख १८ गतेदेखि नेपालचीन सिमाका दुई व्यापारिक तातोपानी र हिल्सा नाका पनि खुला गर्ने भएको छ । १५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ ।

तिब्बतसँग जोडिएका नेपाली नाका क्रमैसँग खोल्दै जाने सहमति अनुसार दुवै नाका १८ वैशाखदेखि खुलाउने निर्णय भएको हो । वाणिज्य मन्त्रालयकाअनुसार अब सबै नाका खुलाउने नीतिअनुसार क्रमैसँग चीनले नाका खोल्ने समझदारी गरेको छ । हाल हिल्सा नाका २०७६ चैत ११ देखि पूर्ण रुपमा बन्द छ भने सिन्धुपाल्चोकको तातोपानी नाका एकतर्फी रुपमा सञ्चालनमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्