एक पोर्नस्टार जोडिएको मुद्दामा ट्रम्पले सामना गरिरहेका कानुनी चुनौती के हुन्?

न्यूयोर्कको ग्रान्ड जुरीले अभियोग लगाउने निर्णय गरेपछि डोनल्ड ट्रम्प फौजदारी अभियोगको सामना गर्ने हालसम्मकै पहिलो अमेरिकी पूर्व राष्ट्रपति बनेका छन्। उक्त अभियोगको विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन र जिल्ला अदालतले पूर्व राष्ट्रपतिलाई मुद्दा चलाउने विषयमा विस्तृत रूपले खुलाइ सकेको पनि छैन।

मङ्गलवारसम्म उक्त अभियोगलाई ‘सिल’ गरेर राखिनेछ र त्यसपछि मात्रै त्यसलाई औपचारिक रूपमा सार्वजनिक गरिनेछ। तर उक्त मुद्दा सन् २०१६ को अभियानका क्रममा एक जना वयस्क चलचित्र अभिनेत्रीलाई आफूसँगको सम्बन्धबारे मौन बस्न भनी दिइएको रकमसँग सम्बन्धित रहेको ठानिएको छ।

‘इन्डाइटमेन्ट’ के हो?

बिहीवार एउटा ग्रान्ड जुरीले डोनल्ड ट्रम्पमाथि अभियोग लगाउने निर्णय लिएको थियो। यसको अर्थ सरकारी अभियोजनहरूले उनीविरुद्ध ‘इन्डाइटमेन्ट’ अर्थात् एउटा औपचारिक लिखित अभियोग अघि सार्नेछन्। कुनै पनि व्यक्तिले अपराध गरेको विश्वास लागेको अवस्थामा अभियोजनकर्ताहरूले त्यसरी आरोप लगाउँछन्।

अभियोगपत्रमा आरोपबारे आधारभूत जानकारीहरू समेटिएको हुन्छ र ट्रम्पको हकमा गम्भीर खालको आरोप जोडिन्छ।त्यस्ता अपराधमा एक वर्ष वा बढी समयसम्म जेल सजाय हुनसक्छ। सरकारी वकिलहरूले नियमित प्रक्रियाले लगाउने आरोप भन्दा पनि न्यूयोर्कको म्यानहटन शहरस्थित ग्रान्ड जुरीले गोप्य मतदानमार्फत यो मुद्दा अघि बढाउने निर्णय लिएका हुन्।

ग्रान्ड जुरीमा नागरिकहरूको समूह सम्मिलित हुन्छ जसले प्रमाणहरू हेर्छ र प्रत्यक्षदर्शीहरूका बयान सुनेर कुनै पनि व्यक्तिलाई अपराधको अभियोग लगाउन मिल्छ कि मिल्दैन भनेर निर्णय लिन्छ।अभियोग लगाइएपछि सधैँ नै व्यक्ति पक्राउ पर्छन् भन्ने छैन।

तर अभियोजनकर्ताहरूले ट्रम्पका वकिललाई सम्पर्क गरेपछि के गर्ने भनेर छलफलहरू भएका विवरण आएका छन्। पूर्व राष्ट्रपतिको टोली र अरू विज्ञहरूले उनले मङ्गलवार आफैँ आत्मसमर्पण गर्ने जनाएका छन्।

ठ्याक्कै कसरी यो अघि बढ्छ प्रस्ट छैन तर आत्मसमर्पण गरे पनि उनले गम्भीर कसुरको आरोपमा पक्राउ गरिँदा अभियुक्तले पार गर्ने प्रक्रियाहरू पूरा गर्नुपर्नेछ। दोषी वा निर्दोष रहेको सोध्न अदालतभित्र लैजाने क्रममा उनलाई हतकडी लगाइन पनि सक्नेछ।

के ट्रम्प पक्राउ पर्छन्?

अभियोग लगाइएपछि सधैँ नै व्यक्ति पक्राउ पर्छन् भन्ने छैन।तर अभियोजनकर्ताहरूले ट्रम्पका वकिललाई सम्पर्क गरेपछि के गर्ने भनेर छलफलहरू भएका विवरण आएका छन्। पूर्व राष्ट्रपतिको टोली र अरू विज्ञहरूले उनले मङ्गलवार आफैँ आत्मसमर्पण गर्ने जनाएका छन्।

ठ्याक्कै कसरी यो अघि बढ्छ प्रस्ट छैन तर आत्मसमर्पण गरे पनि उनले गम्भीर कसुरको आरोपमा पक्राउ गरिँदा अभियुक्तले पार गर्ने प्रक्रियाहरू पूरा गर्नुपर्नेछ। दोषी वा निर्दोष रहेको सोध्न अदालतभित्र लैजाने क्रममा उनलाई हतकडी लगाइन पनि सक्नेछ।

बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्