नेपाल विकसित बनाउन पुराना ढर्राका पार्टी र नेताहरुबाट सम्भव छैन : डा. स्वर्णीम वाग्ले

काठमाडाै‌ं – अर्थशास्त्री डा. स्वर्णीम वाग्लेले अब नयाँ ढंगले अगाडी बढ्नुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको पत्रकार सम्मेलनमा वाग्लेले नेपाल विकसित बनाउन निकै ढिलो भइसकेको तर पुराना ढर्राका पार्टी र नेताहरुबाट यो सम्भव नरहेको बताउनुभयो ।

उहाँले अब पुरानो ढर्राको राजनीतिले देशले केही नपाउने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो केही गरौँ भनेर उदाएको र विज्ञ व्यक्ति नेता भएको पार्टीमा आफू जोडिएको बताउनुभयो ।

नेपाली कांग्रेसमा आवद्ध वाग्ले कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्