काठमाडाैं – नेकपा एमालेले डा. भीमबहादुर रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ । पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा बनेको टोलीमा पार्टीका सचिव एवम् सुदूरपश्चिम प्रदेश कमिटीका इञ्चार्ज लेखराज भट्ट र सह–इञ्चार्ज कर्ण थापा सदस्य हुनुहुन्छ ।
शनिवार आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले नेता रावल पार्टीको विधि र विधान विपरीत चलेको निष्कर्ष निकाल्दै संवादका लागि टोली गठन गरेको हो। नेता रावलले हालैसम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पनि पार्टीलाई सहयोग नगरेको गुनासो रहदैँ आएको थियो ।