चितवनमा रामप्रसाद न्यौपाने र तनहुँमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडाैं – चितवनमा रामप्रसाद न्यौपाने र तनहुँमा सर्वेन्द्र खनाललाई उपचुनावको लागि उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । न्यौपाने एमाले चितवनका जिल्ला अध्यक्ष हुनुहुन्छ ।

नेपाल प्रहरीका पूर्व महानिरीक्षक खनाल गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा काठमाण्डौ–६ मा पराजित हुनुभएको थियो । बारा–२ को लागि भने टु‌गो लाग्न बाँकि रहेको छ। चितवन–२, बारा–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते प्रतिनिधि सभा सदस्य उपचुनाव हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्