काठमाडौंको चन्द्रागिरि डाँडामा हिमपात

काठमाडौं – काठमाडौंको चन्द्रागिरि डाँडामा हिमपात भएको छ । यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ पहिलोपटक परेको हो । चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रमा हिमपात भएको छ।

यसअघिका वर्षमा माघ–फागुन नै चन्द्रागिरिमा हिमपात हुने गरेको भए पनि यसपटक भने मध्य चैतमा हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्