बैतडीमा बुवाछोरा मिलेर वडा अध्यक्षको दाँत झारेपछि . . .

प्रतिकात्मक तस्वीर

काठमाडौँ – बैतडीमा बुवाछोरा मिलेर वडा अध्यक्षमाथि कुटपिट गरेका छन् । कुटपिटबाट वडाअध्यक्षको दाँत भाँचिएको प्रहरीले जनाएको छ । मेलौली नगरपालिका–१, का वडा अध्यक्ष शरदसिंह नेगीको चार वटा दाँत भाँचेको आरोपमा बुवाछोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा अध्यक्षमाथि कुटपिट गरेर दाँत भाँचेको आरोपमा प्रहरीले मेलौली –१, का ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारस नेगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

कुटपिटबाट घाइते वडा अध्यक्षको मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्