निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति भण्डारीलाई बुझाउँदै, पौडेलको सपथ सोमबार !

काठमाडौं – निर्वाचन आयोगले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मत परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपतिसमक्ष पेस गर्न लागेको हो ।

आयोगले निर्वाचनको प्रतिवेदन बहालवाला राष्ट्रपतिलाई बुझाएपछि मात्रै नवनिर्वाचित राष्ट्रपतिको सपथ ग्रहण तथा पदभार हस्तारणको प्रक्रिया सुरू हुन्छ । राष्ट्रपति भण्डारीको कार्यकाल आगामी आइतबार सकिने भएकाले नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हाल्नु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्