काठमाडाैं – आज सुन तोलामा एक हजार रुपैयाँले सस्तिएको छ । सुनचाँदीको भाउ निरन्तर दोश्रो दिन ओरालो लागेको हो । चाँदी पनि यस दिन तोलामा नै ४० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा झरेको छ । मंगलबार पनि सुन प्रतितोला ३०० रुपैयाँले सस्तिएको थियो । हिजो सुन प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले गिरावट हुँदा प्रतितोला एक हजार २२५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन पनि चाँदीको मूल्य ओरालो लागेको थियो । मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँमा किनबेच भएको थियो ।