काठमाडौँ – पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले हाल कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
भोलि (आइतबार) कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ । साथै लुम्बिनी प्रदेशका केही भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना छ। आइतबार राति कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुनेछ ।
सोमबार गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।