काठमाडौं – गुण एयरलाइन्सको विमानहरुको उडानमा रोक लगाइएको छ । सरकारले ७ वटै विमानलाई रोक्ने निर्णय गरेको छ । यो सँगै एयरलाइन्सले सोमबारदेखि नै उडान भर्न नपाएका हुन् ।
कर्मचारीलाई तलब समेत दिन नसकेकाले हवाई सुरक्षा पक्षमा प्रभाव पर्ने जोखिम रहेको ठहर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले गुणका विमानहरुलाई उड्न नदिने निर्णय गरेको छ । आर्थिक संकटबाट जुधिरहेको कम्पनीले सेवा दिंदा कर्मचारीको मनोविज्ञान सुरक्षामैत्री हुन नसक्ने देखिएकाले उडान बन्द गरिएको हो ।