काठमाडौं – माओवादी जनयुद्ध शुरु भएको दिन सरकारले घोषणा गरेको सार्वजनिक विदाबारे चर्को आलोचना भइरहेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो प्रस्तावमा विदाको निर्णय भएको हो । बैठकमा कुनै पनि मन्त्रालयले सार्वजनिक विदाबारे लिखित प्रस्ताव गरेका थिएनन् ।
१ फागुन २०५२ मा तत्कालिन नेकपा –माओवादी)ले जनयुद्धको नाममा सशस्त्र संघर्षको शुरुवात गरेको थियो । २०६२/६३ को जनआन्दोलनपछि माओवादी सशस्त्र युद्ध त्यागेर शान्ति प्रक्रियामा आएको हो । त्यही सशस्त्र लडाइँ सुरु गरेको दिनको सम्झनामा माओवादीले हरेक वर्ष फागुन १ गते जनयुद्धको दिवसको रुपमा मनाउँदै आएको छ ।
मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री समेत रहेका ऊर्जामन्त्री राजेन्द्र लिङ्देन, परराष्ट्रमन्त्री विमला राई पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले फागुन १ गते सार्वजनिक विदा घोषणाको विरोध गरेका थिए ।
बिदाबारे नेताहरुको प्रतिक्रिया ….
राप्रपा नेपालका अध्यक्ष कमल थापा लेख्नुहुन्छ
२०४७सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह शुरुगरेको दिनको सम्झनामा फागुन १गते सार्वजनिक विदादिने सरकारको निर्णय आपत्तिजनक छ।हजारौ निर्दोषको ज्यानलिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन।राजा र हिन्दुराष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको छ?
— Kamal Thapa (@KTnepal) February 12, 2023
कांग्रेस सांसद रामहरि खतिवडा लेख्नुहुन्छ
अति भो बिदा,अति ।
अब बिबाह ,ब्रतवन्ध र सत्य नारायणको पुजा लगाउन अनि श्रीमती माइत जादा पनि बिदा देउ। https://t.co/Pms8tg9peJ— Ramhari Khatiwada Member of parliament ,Nepal (@RamhariKhatiwa) February 12, 2023
एमाले सांसद योगेश भट्टराई लेख्नुहुन्छ
२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा बिद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरब स्वरुप गणतन्त्र र संबिधान दिवस मानिंदै आएको छ । अरु सबै यसकै अधिनस्थ हुन । फेरी अलग अलग बिदा किन ? मुलुकलाई अनावश्यक बैचारिक धुर्बिकरणमा नफसाऔ ।
— Yogesh Bhattarai (@yogesbhattarai) February 12, 2023
संविधान विद् भिमार्जुन आचार्य लेख्नुहुन्छ
यो त कार्यकारी शक्तिको अधिक दुरूपयोग (excessive abuse) र स्वेच्छाचारी काम भयो। सशस्त्र द्वन्द्व एउटा सभ्य समाज र कानूनी राज्यमा कहिल्यै दिवस हुन सक्दैन । अब द्वन्द्व पीडितले न्याय पाउछन भन्ने पनि केही रहेन । यतिबेला सत्ता गठबन्धनका अरू घटकहरू कहॅंा छन, त्यो जान्न मन लाग्यो !
— Bhimarjun Acharya (@BhimarjunPhD) February 12, 2023
अधिवक्ता बुद्धि कार्की लेख्नुहुन्छ
एकातिर नेकपा माओवादी आफ्नो जनाधार बढाउन जन्मकाल देखि अवलम्बन गरेको राजनीतिक दर्शन र आफ्नो नाम समेत बदल्न तयार देखिन्छ।अर्कोतिर सरकारको नेतृत्वमा भएको बेला धेरैले पचाउन नसकेको ‘जनयुद्ध’ सुरु गरेको दिन लाई ‘राष्ट्रिय दिवस’ बनाएर सबैको टाउकोमा जबर्रजस्ती थोपरेको छ। कत्रो विरोधाभास!
— Budhi Karki (@BudhiKarki) February 12, 2023
कांग्रेस नेता मिनेन्द्र रिजाल लेख्नुहुन्छ
नेकपा एमाले महासचिव शंकर पोखरेल लेख्नुहुन्छ