टर्की र सिरिया भूकम्प: भग्नावशेषमा पुरिएको पाँचौँ दिनमा ६ जनाको जीवीत उद्धार

काठमाडौँ – टर्की र सिरियामा भूकम्पका कारण भत्किएका भग्नावशेषमा पुरिए रहेका ६ जना मानिसको करिब ५ दिनपछि जिवित उद्दार गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पुरिएको १ सय १ घण्टापछि जीवीत उद्धार गरिएको छ । शुक्रबार अर्थात् भूकम्प गएको पाँचौं दिनमा टर्कीको दक्षिणी क्षेत्र हतायाको इस्केन्देरनस्थित भत्किएको भवनभित्रबाट एकै परिवारका ६ जनालाई उद्धार गरिएको हो ।

यस क्षेत्रलाई भूकम्पबाट अतिप्रभावित क्षेत्रमध्ये एक मानिएको छ । टर्कीमा सोमबार ७.८ र ७.६ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या २२ हजारभन्दा धेरै पुगिसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

उद्धारको क्रममा भूकम्पको ९४औं घण्टापछि गाजियापेन्टमा १७ वर्षीय एक किशोरलाई जीवीतै उद्धार गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्