देशभर पश्चिमी वायुको प्रभाव : कस्तो रहन्छ देशभरको मौसम ?

काठमाडाैं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साेमबार बिहान प्रदेश-१ का पहाडी भू–भागमा आंशिक बदली तथा तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साेमबार दिउँसो भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । साेमबार राति भने दिउँसोको जस्तै मौसमी प्रणाली हुने महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्