धेरै जात जताजाति अनि आ आफ्नै धर्म संस्कृति मान्ने मानिसहरु भएको हाम्रो गाउँ साच्चै राम्रो थियो कहिले दशै कहिले ल्होसार कहिले ईद सबै थरि चाडपर्व खुब रमाइलो हुन्थ्यो। म सानै थिएँ । घरको जेठि छोरि घरको केहि जिम्मेवारी आमाले मलाई पनि दिनुभएको थियो। स-साना भाइ बैहिनि हेर्नु ,खुवाउनु ,गाई बाख्रा चराउनु ,आगो बाल्नु भाइ बहिनीलाई अक्षर चिनाउनु,जंगलबाट कहिलेकाही घाँस ल्याउनु अनि घरमा भए हजुर आमैको ख्याल गर्नु।
दिनभरि काममा बिजि भए पनि हजुर आमाले असाध्यै माया गर्ने मलाई ,हजुरआमा अनेक कुरा सुनाई रहनु हुन्थ्यो कहिले तल्लो घरे ठुलो दाईलाई भुत लागेर बेस्सरी कामेको त कहिले रामे काकालाई गाडी चलाउदा चलाउदै किच्कन्याले लगेको । म उहाँको कुरा सुनेर एकोहोरो हुन्थेँ । कहिलेकाही डराउथे धेरै जसो त म उत्सुक हुन्थे । यो भनेको के ? उ भनेको के ? भन्दै दिक्क पार्थे। हजुर आमा म सुत्ने बेलामा कथा सुनाउनु हुन्थ्यो। कहिले “शिशिर बसन्तको, घोडा चढि लिन आउने राजकुमारको, सुनकेसरि मैयाँ त कहिले दुर्गा माता मैसासुर दानबको” कथा अनि कहिलेकाही आफ्नै पीडा र कयौं रोचक कथाहरु । मलाई सानोदेखि नै कथा खुब मनपर्ने अरु काम गरेर भए पनि सुत्ने बेलामा कथा भन्नै लगाउथे हजुरआमालाई
एकदिन, यसरी नै कथा सुनाउने क्रममा हजुरआमाले आफूलाई वनदेबिले लगेको कथा सुनाउनु लाग्नुभयो–‘घरभरि बिहेको कुरा चल्न थाल्यो केटा असल छ, केटाका घर परिवार निकै राम्रा छन रे बुबा त गाउका मुखिया हुन अरे घर ,गाउँ भरि हल्ला फैलियो । घरका सबैलाई मन पर्यो केटा र केटाको परिवार । सबैलाई मन परे पछि मैले नाई भन्ने कुरै आएन बिहे फिक्स भयो । बच्चा बेलामा तल्लो टोलको श्यामेलाई साथि बनाएर खेल्दा बा ले खुब गालि गर्नु भएको थियो “केटि मात्रै साथि बनाउनु केटा संग धेरै हिमझिम नगर्नु राम्रो हुदैन भन्दै” तर आज चिन्नु न जान्नुको केटा संग जानु पर्ने कस्तो चलन अनि कस्ता मेरा बा आमा मन मनै सोचे । बिहेको कुरा सुन्दैमा जे हुनु पर्ने मनमा खुशी छदै थिएन कुनै घन्टि बजेन , कुनै उत्सुकता थिएन तर परिवारको खुशि मात्रै आँखा भरि थियो ।
जब बिहेको दिन मन डराई रहेको थियो नयाँ घर, नयाँ मान्छे अनि कहिल्यै नदेखेको मान्छेलाई म आफू आफू नरहेर पुरै उस्कै हुनु पर्ने कस्तो बाध्यता यो छोरि मान्छेलाई सोच्दा सोच्दै मन्डपको काम नै सकिएछ ।
बिहे भयो नयाँ घर ,यसो हेर्यो सबै नयाँ अनुहार सबै पराई लाग्ने म कसरी घुलमिल हुन सक्नु । माईतमा त ओल्लो गाउँबाट पल्लो गाउँ एक्लै नगए कि म मेरा सबै काम आमा बुबाले गरिदिने मलाई त भाइ बैनिकै स्याहारसुसारले फुर्सद नहुने मलाई नयाँ घर जेल जस्तै लागेको थियो , घुलमिल हुन र आफ्ना हुन भन्न सकिरहेको थिईन । बिहेको छौठौ दिनमा अचानक “वनदेबि” आउनु भयो र मेरो हात समातेर घनघोर जङ्गल तिर लग्नुभयो मलाई डर लागेको थियो म धेरै रोए कराए,सबै संग साहारा मागे मलाई कसैले सहयोग गरेनन् वनदेबिले मलाई जति जङ्गल तिर लग्नुभयो त्यति ज्ञानगुनका कुरा बताउन थाल्नु भयो “तिमी एक नारि हौ ,तिमीलाई यहाँ जिउै चपाउने छन् ,जिउँदै जलाउने छन् ,तिम्रो साहास र धैयताको हर बखत परीक्षा हुने छ, तिमी असल हुदा हुदै तिमी माथि अनेक लाल्छाना लगाईनेछ तिमी कति पनि बिचल्लित नहुनु, पराई घर नै तिम्रो घर हो सासू ससुरा र आफ्नाको मन नदुखाउनु कसैलाई दुखि नबनाउनु ,यहाँ कयौं दानवहरु छन् ,तिनिहरुको तिमीले सामाना गर्नु पर्छ र लडेर जित्नु पर्छ यदि लडाइ गर्दा गर्दा गर्दै सकेनौं भने म अदुश्य रुपमा आउछु भन्दै एउटा ठुलो गुफामा हाल्नु भयो वनदेबि संगै हिडेको देखेर मलाई जङ्गलका बाघ ,भालु र जनावरहरुले बेस्सरी घुर्दै हेरे र घुटुघुटु थुक मात्रै निले गर्न केही सकेनन् ।
गुफा हेर्दा त सार्है डर लाग्दो थियो सुर्यको किरण थिएन तर थोरै उज्यालो थियो मेरो जिन्दगीमा जस्तै जादा जादा भित्र पसे पछि बनदेबिले कानमा आफू सुरक्षित हुने मन्त्र सुनाउनु भयो तीन पटक म त्यहि मन्त्र स्मरण गर्दै चोखो ठाउँमा बसे ।
म कोहु ,यहाँ के गर्दै छु, मलाई केही थाहा थिएन ,मेरा अघि को छन् पछि को छन् ,आफ्ना को हुन पराई को हुन, अनि म नै को हु ? मलाई थाहै थिएन धेरै दिन पछि ” हे नारि आखा खोल” भन्दै गहुत र पानी छर्किदा पो म झसङ्ग भए ।
अनि वनदेबिले मलाई जहाबाट लग्नु भयो त्यहि लगेर छोडिदिनु भयो म मेरो पुरानो घर (माईतै) तिर लागे सबैजना छोरी हराई भनी पिर मानेर बस्नु भएको रैछ मलाई देखेर सबै आतिनु भयो । हजुर आमा अङगालो मारेर रुन लाग्नु भयो कहाँ गएको थिईस को संग गको थिस ,के भयो ,के गरे अनि आज कसरी आईस् सबैले पालैपालो प्रश्न गर्न थाले ,आमा जुरुक्क उठेर हात समाउदै बाहिर लिएर आउनु भयो र रुदै एक थप्पड हान्नु भयो । घरको जेठि छोरी घर गरेर खान्छे भनेर दिएको नाक नै काटिस् । यतिका दिन सम्म कहाँ थिईस् त्यसरी घर छाडेर हिड्ने हो परिवारले के भन्लान समाजलाई के उत्तर दिने अब कसरी गरि खाने यसरी हुन्न बाबै हुर्केको छोरिले अबजति दुख भए पनि त्यहि घरमै रमाउनु पर्छ आमा बर्बराउन थाल्नुभयो ।
मैले मनमनै सोचे घर छाडेको मलाई वनदेबिले लगेको त तेर्ह दिन भएछ , तेर्ह दिन सम्म पनि केही नखाई म मा फुर्ति,तागत उस्तै छ वनदेबिका सेनामेना संग भाग्न खोज्दा लडेर बनेका घाउहरु मात्रै दुखेका छन् । बुबा भने मेरै छेउमा बसेर सुक्क सुक्क रुदै हुनुन्छ उहाँलाई छोरी हराएकि भन्दा पनि भेटिएको खुशिले हुनु पर्छ र त अरुका झै कुनै प्रश्न छैनन् कि त सबै भन्दा बढि प्रश्न बाबा संगै छन् । मैले सबैलाई एक नजर हेरे सबै मेरा परिवार प्रिय परिवार तर थपिएका र भख्खरै जोडिएका नयाँ मान्छे कोहि देखिन जो मैले अबको पुरै जिन्दगी तिनिहरु संगै बिताउनु थियो । हजुर आमाको कथा सुनेर म दङ्ग परे ।
यसोदा रिमाल (मिश्र)
दार्चुला