काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आइतबार दिनको ३ बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै दलहरु नयाँ सरकार चुनावी समीक्षा तथा नयाँ सरकार गठनको प्रक्रियामा लागेका छन् ।