काठमाडाैं – सन् १९९२ देखि संसारभरी नै डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएको व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । जसअनुरुप नेपालमा पनि मनाइदैँछ । “समावेशी विकास लागि रुपान्तरित सामाधानः पहँचयुक्त र समातामूलक विश्वका लागि उर्जावान् सिर्जनशीलताको प्रावधान” भन्ने नाराका साथ आज नेपालमा पनि अपाङ्गता भएका व्यक्तिहरुको ३१ औँ अन्तर्राट्रिय दिवस मनाउन थालिएको हो ।
स्वास्थ्यमा सर्वव्यापी पहुँचको अवधारणा अनुरुप प्रवद्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनस्र्थापनात्मक तथा प्रशासक सेवाहरु स्वास्थ्य सेवा अन्र्तगत पर्दछन् । यी सबै सेवाहरु अपाङ्गता भएका व्यक्तिहरुलाई पनि उत्तिकै आवश्यक छन् । अपाङ्गताकै कारणले पनि व्यक्तिहरु अन्य स्वास्थ्य सम्बन्धी समस्याहरुको जोखिममा हुन्छन् । जस्तै कि अपाङ्गता भएको व्यक्तीलाई तीन गुणा बढी मधुमेह हुने सम्भावना हुन्छ र अपाङ्गता भएको बच्चा कुपोषित हुने सम्भावना दुई गुणा बढी हुन्छ । एनडिएचएस २०२२ अनुसार लगभग ६ प्रतिशत जनसंख्याको क्रियात्मक क्षमतामा अति र तीव्र किसिमको कमि देखिएको छ भने लगभग २३ प्रतिशतमा मध्यम किसिमको कमि देखापरेको छ ।
सन् २०१५ मा लिभिङ कन्डिसन अमोङ पिपुल्स विभ डिस्एबिलिटिज इन नेपाल को अध्ययनले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुमध्ये ८० प्रतिशतको पुनस्र्थापना सेवामा पहुँच नभएको, ६४ दशमलव ८ प्रतिशतको स्वास्थ्य सूचनामा पहुँच नभएको र २९ दशमलव २ प्रतिशतको अन्य स्वास्थ्य सेवाहरुमा पहुँच नभएको विवरण उल्लेख गरेको छ । सन् २०१७ को नेपाल वर्डन अफ डिजिजेज स्टडिजले सन् १९९० देखि २०१७ को समावधि भित्र सरुवा रोगबाट नसर्ने रोगहरुको व्यापकता बढ्दै गएको र औसत आयू समेत बढेकाले अल्पकालिन र दीर्घकालिन अपाङ्गता बृद्धि भएको उल्लेख छ । जनसंख्याको उल्लेखनीय वर्गमा अपाङ्गता हुनु र अपाङ्गताकै कारणले स्वास्थ्यका जोखिमहरु बढ्नुले अपाङ्गता जनस्वास्थ्यको महत्वपूर्ण सवालको रुपमा स्थापित भएको छ ।
नेपाल सरकारले अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका लागि विभिन्न निकायहरुसँग समन्वय गर्ने जिम्मेवारीका साथ कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाको स्थापना गर्नु महत्वपूर्ण कदम हो । यसैगरी अपाङ्गता व्यवस्थापन नीति, रणनिति तथा १० बर्षे कार्ययोजना २०७३ देखि २०८२ तयार गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७३ चैत्र ३० गतेको निर्णय अनुसार स्वीकृत भए बमोजिम कुष्ठरोग नियन्त्रण कार्यmत्रममा अपाङ्गता व्यवस्थापन समेतको कार्यक्रम समावेश गरी विभिन्न सहयोगी तथा साझेदारी संस्थाहरुसँगको समन्वयमा तत्कालिन कुष्ठरोग नियन्त्रण महाशाखाको अपांगता सम्पर्क इकाइले कार्यक्रम सञ्चालन गरिरहेको वर्तमान संघीय संरचना अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्र्तगत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाबाट स्वास्थ्य सम्बन्धि अपांगता तथा पुनस्र्थापना कार्यक्रम विभिन्न साझोदारी संस्थाहरुसँगको समन्वय र सहकार्यमा सञ्चालन भइरहेका छन् ।