काठमाडौँ – नेकपा एमालेका नेता एवं पूर्व मन्त्री गणेससिंह गठुन्नाले निर्वाचनमा हारेपनि जिल्लाको विकासमा गर्ने बताएका छन् । ‘निर्वाचनमा हारजित लोकतन्त्रको सुन्दर पक्ष भएकोले यसलाई स्वाभाविक रुपमा लिनु पर्दछ ।’ नेता ठगुन्नाले भनेका छन्, ‘निर्वाचनमा प्रतिस्पर्धा गरेता पनि जिल्लाको विकासको लागि सहकार्य गर्ने समेत प्रतिबद्धता व्यक्त गर्दछु ।’ नेता ठगुन्नाले निर्वाचित भएका काँग्रेस नेता दिलेन्द्रप्रसाद बडू, विक्रम धामी र माओवादी नेता मानबहादुर धामी सन्तोषलाई धन्यवाद समेत दिएका छन् ।