काठमाडौँ – एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री तथा नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडूको आग्रता कायमै रहेको छ । ८ हजार ८सय ३१ मत गणना हुँदा काँग्रेसका बडूले ४ हजार ५१६ मत प्राप्त गरेका छन् भने नेकपा एमाले ठगुन्नाले ४ हजार ७४ मत प्राप्त गरेका छन् । अहिले सम्म बडूले सुरुदेखि नै अग्रता कायम राखेका छन् । अहिले बडूले ४ सय ४२ मतले अग्रता लिएका छन् ।