काठमाडौँ – आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान खेल्दैछन् । फाइनल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । टी–२० विश्व कपको यो आठौँ संस्करण हो ।
इङ्ल्यान्ड र पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेका हुन् । यो संस्करणको विजेताले दोस्रो पटक उपाधि जितेर वेस्ट इन्डिजसँगको रेकर्ड बराबरी गर्नेछ । वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो ।
पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो भने इङ्ल्यान्डले भारतलाई १० विकेटले हराएको थियो । लगातार दुई खेलमा पराजित पाकिस्तान सुपर–१२ को समूह ‘२’ मा दक्षिण अफ्रिका, नेदरल्यान्ड्ससँग पराजित हुँदा उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो ।
पाकिस्तान सन् २००९ को टी–२० विश्व कप च्याम्पियन र इङ्ल्यान्ड सन् २०१० को च्याम्पियन टोली हो । पछिल्लो समय पाकिस्तान र इङ्ल्यान्डबीच सात वटा अन्तर्राष्ट्रिय टी–२० खेल भएकोमा इङ्ल्यान्डले ४ र पाकिस्तानले ३ वटा जितेको छ । मेलबर्नमा आज वर्षाको सम्भावना छ ।