मोरङ– नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ (१)मा मानबहादुर लिम्बूले मनोनयन दर्ता गर्नुभएको छ । कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भएपछि लिम्बूले मनोनयन दर्ता गर्नुभएको हो । उहाँले निर्वाचन आयुक्त कार्यलय बेलबारी मोरङमा मनोनयन दर्ता गर्नु भएको छ ।
प्रदेश नं १ का वन, पर्यटन तथा भू–संरक्षणमन्त्री एवं मोरङ क्षेत्र नं ३ ‘१’का प्रदेशसभाका उम्मेदवार थापाको उपचारका क्रममा निधन भएको थियो । मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखराका बासिन्दा ५८ वर्षीय थापाले गत असोज २३ गते निर्वाचनको मनोनयन दर्तापश्चात् स्वास्थ्यमा समस्या देखिएको थियो । थापाको स्वास्थ्यमा निमोनिया र पायल्ससमेत देखिएपछि उपचारका काठमाडौँको ह्याम्स अस्पताल लगिएको थियो । थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।