काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुन: सुदूरपश्चिम जाने भएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि देश दौडाहमा रहेका ओली कार्तिक २६ गते सुदूरपश्चिम जान लागेका हुन्।
ओली २६ गते सुदूरपश्चिम जाने र ३ चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सुदूरपश्चिमले जनाएकाे छ । एमालेका अनुसार ओलीले २६ गतेका दिन बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाइ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
अस्तिमात्रै अध्यक्ष ओली सुदूरपश्चिमको दार्चुला, बैतडी र कञ्चनपुरमा आयोजित चुनावी सभालाइ सम्बोधन गरेर फर्किएका थिए।