बैतडीमा देउसी भैलो बाट उठाएको रकम आर्थिक अवस्था कमजोर भएका लुहारलाई हस्तान्तरण

बैतडी – बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ४ का युवा हरुले तिहारको उपलक्ष्यमा भाइटीकाको दिन केही समय निकालि देउसी भैलो खेल्दै त्यसबाट आएको रकम गरिव दु:खि लाई दिएका छन् । वडा नम्बर ४ का युवा नवीन पन्तको नेतृत्वको टिमले वडा बासि दुब्ले लुहारलाई आर्थिक सहयोग गरेको हो । लुहारको घरको आर्थिक अबस्था कम्जोर र असक्त भएकाले हामी युवाले चाड्पर्वको अवसरमा आफु मात्र खुशी नभई अरुलाई पनि खुसी बनाउने उदेश्य सहित सहयोग गरिएको नवीन पन्तले बताएका छन् । एक हजार पाँच सय रुपैयाँ नगद सहित दुई हजार बराबरको खाद्य समाग्रि- चामल , दाल , नुन , तेल , दुब्ले लुहार लाई सहयोग हस्तान्तरण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्