अपर लोहरे हाइड्रोपावर कम्पनी सर्वसाधरणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै

काठमाडाैं –  अपर लोहरे हाइड्रोपावर कम्पनी लिमिटेड सर्वसाधरणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै असोज १३ गते आवेदन दिएको हो ।

कम्पनीले सर्वसाधारणलाई २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्