सम्झना र पशुपतिको तिहार गीत ‘देउसीरे भन’ सार्वजनिक (भिडियो)

काठमाडौँ – पशुपति शर्मा र सम्झना भण्डारीको तिहार गीत ‘देउसीरे भन’ सार्वजनिक भएको छ । सोमबार ‘सम्झना भण्डारीको आधिकारिक युट्युव च्यानल ‘सम्झना भण्डारी’बाट उक्त गीत सार्वजनिक भएको हो । तिहार नजिकिएसँगै गीत सार्वजनिक भएको हो । गीतमा सम्झना र पशुपतिले स्वर दिएका छन् भने पशुपतिको शब्द र म्युजिक रहेको छ । गीतको भिडियोलाई दिलिप पन्तले निर्माण गरेका हुन् भने बब्बु थापाले निर्देशन गरेका छन् । सम्झना र पशुपति दुबैले अभिनय गरेको भिडियोको सम्पादन भने मिलन विकले गरेका हुन् । गीतको कोरियोग्राफ गोगेन्द्र केसीले गरेका छन् भने सिनेमाटोग्राफ दुर्गा पौडेलले गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्