कालिकोटको राचुलीमा मलामी गएका १५ जना सम्पर्कविहीन, अनुसन्धान गर्दै प्रहरी

कालिकोट — तिलागुफा–४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन् ।

शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदी गएका वडाअध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १५ जना सम्पर्कमा नआएको राँचुलीकी स्थानीय एवं सामाजिक कार्यकर्ता निर्मला शाहीले जानकारी दिइन् । राँचुलीमा मलामी गएकाहरु सम्पर्कविहीन भएको खबर आएको र आफूहरु यसबारे अनुसन्धानमा लागेको सिडिओ रामहरि शर्माले जनाए ।

यस्तै, राँचुली गाउँमाथिबाट आएको पहिरोले २०० घरपरिवार विस्थापित भएका छन् । उनीहरु सबै अहिले त्यहाँको कालिका माविमा बसिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्