काठमाडौं – अर्थशास्त्री स्वर्णिम वाग्ले चुनावी टिकट पाउनबाट बञ्चित भएका छन् । उहाँलाई नेपाली कांग्रेसले टिकट नदिएपछि उहाँ टिकट विहिन बनेका छन् ।
वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो तर उहाँले काठमाडौं ५ वा गोरखा १ बाट चुनाव लड्ने विकल्प पनि अघि सारेका थिए ।
तर चितवन १ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेललाई टिकट दिइएको छ भने काठमाडौं ५ मा प्रदीप पौडेलले टिकट पाएका छन् । अब स्वर्णिमले यो पटक टिकट नपाउने पक्का भएको छ ।