काठमाडौँ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । आइतबार बिहान साढे ११ बजे उनले साइत हेराएर प्रतिनिधिसभामा झापा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नं ३ मा ११ बजेर ३० मिनेटको साइतमा उम्मेदवारी दर्ता गराएको जानकारी दिए । लिङ्देनलाई झापा ३ मा एमालेको समर्थन छ ।