उद्योगमन्त्री बडूले भने – संविधान बचाउन गठबन्धन

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनको निम्ति गठबन्धन बनेको बताएका छन् । मंगलवार नेपाल निजामती कर्मचारी युनियनले बडा दशैँ तथा शुभ दिपावली लगायतका पर्वहरूको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री बडूले तत्कालिन सत्तारुढ पार्टीले दुई पटक संसद् विघटन गरेर संविधानलाई मार्न खोजेकाले संविधानलाई बचाउनका लागि गठबन्धन भएको बताएका हुन् ।

मुलुकको स्थिरताका लागि प्रतिपक्षमा रहेको काँग्रेसलाई खोजेर मुलुकको नेतृत्व दिनुपरेको उनले बताए । उनले नेपाली काँग्रेसले राजनीतिलाई ठिक ठाउँमा पु¥याएको बताउँदै कांग्रेसले नै सबैलाई एकै ठाउँमा ल्याएर नेतृत्व गर्न सफल भएको दाबी गरे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्