काठमाडौँ – काठमाडौँ क्षेत्र नं. ९ बाट प्रतिनिसिभाको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डा. ज्ञान बस्नेतले २०४६ सालपछि सरकारमा सहभागि भएका सबैको सम्पति छानवीन गर्नुपर्ने बताएका छन् ।
मंगलबार उपहारखबरसँग कुराकानी गर्दै डा. बस्नेतले भ्रष्टाचार बढेको कारण देशमा आर्थिक संकट पैदा भएको र २०४६ सालपछि सरकारमा सहभागि भएका सबै नेताहरुको सम्पति छानबीन गर्नुपर्ने बताएका हुन् । ‘२०४६ सालपछि सरकारमा सहभागि भएका सबै नेताहरुको सम्पति छानवीन गर्नुपर्छ, डा. बस्नेतले भने, ‘देशमा भ्रष्टाचारको अवस्था डरलाग्दो छ, नेताहरुले अकुत सम्पति कमाएका छन्, सम्पतिको स्रोत खोजिनुपर्छ र छानवीन गरिनुपर्दछ ।’
डा. बस्नेतले नेताहरुको मात्रै नभएर नेताहरुको आसेपासे र संवैधानिक अंगमा बसेका उच्च पदस्थ व्यक्तिहरुको समेत सम्पति छानवीन गरि देशलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताएका छन् । सबैको सम्पतिको छानवीन गरि राष्ट्रियीकरण गुर्नपर्ने समेत उनको तर्क छ ।