काठमाडौं – इजरायलका प्रधानमन्त्री याइर लापिड र टर्कीका राष्ट्रपति रेसेप तयीप एड्रोगानबीच मङ्गलबार भेटवार्ता भएको छ । दुई देशका ती नेताहरुबीच सन् २००८ पछि पहिलो पटक भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा सहभागी हुन न्युयोर्क गएको बेला उनीहरुका बीचमा भेटवार्ता भएको हो ।
जापिडको सचिवालयले जारी गरेको वक्तव्य अनुसार उनीहरुबीच दुई देशबीचको सम्बन्ध सुधार गर्ने बारेमा छलफल भएको थियो । साथै दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा पनि उनीहरु बीचमा छलफल भएको जनाइएको छ । विषेश गरेर आर्थिक तथा उर्जा सहकार्यका बारेमा छलफल केन्द्रीत भएको बताइन्छ ।
दुई देशका बीचमा गत अगस्टमा पूर्ण रुपमा कुटनीतिक सम्बन्धलाई व्यूताउने सम्झौता भएको थियो ।