देउवाले ओलीलाई भने – ‘परमादेशले भेट गर्ने मौका दिएको छ’

File Photo

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतको परमादेशले गर्दा नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसद्‍मा भेट भएको बताएका छन् । संसद्‍ बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले भने ओलीसँग काम गर्ने अवसर मिलेको बताए ।

‘हुन त हाम्रो प्रतिपक्ष दलको नेताले परमादेशको सरकार भनेर भन्नु हुन्छ । यो संसद्‍ नै परमादेशबाट आएको हो । जसमा उहाँहरू र म काम गर्न पाइरहेका छौं । परमादेश नभएको भए उहाँ र हामी सँगै बसेर काम गर्न पाउने थिएनौं । विधेयक पारित गर्न सक्दैनथ्यौं । परमादेशले भेट गर्ने मौका दिएको छ,’ देउवाले भने ।

यस क्रममा देउवाले सरकारले राम्रो उपलब्धी हासिल गरेको पनि दाबी गरे । ‘सविधान जारी भएपछि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन गर्ने अवसर प्राप्त भयो । यसमा महत्त्वपूर्ण कार्यमा गठबन्धनका सबै दललाई स्मरण गर्न चाहन्छु । गणतन्त्र आएपछि संसद्‍ पहिलो पटक विघटन भयो,’ उनले भने ‘जनताले संघर्षबाट ल्याएको संविधानलाई रक्षा गर्नका लागि सहकार्य गरेर संविधान बमोजिम मात्रै चल्नुपर्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्