काठमाडौँ – अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार तुर्माखाँद गाउँपालिका ५ मा २, ढकारी गाउँपालिका ६ मा १, कमल बजार नगरपालिका ८ मा ५ र सोही नगरपालिका ६ मा ४ जनाको मृत्यु भएको छ ।
पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् भने ११ जना घाइते भएका छन् । घाइते सबैको उद्धार भैसकेको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिएका छन् ।