भोजराज पन्त, कञ्चनपुर
कञ्चनपुरको वेदकोट नगरपालिकाको स्वस्थ्य शाखाले आज डेंगु लगायतका किट जन्य रोगहरुको नियन्त्रणकालागी लामखुट्टेको वासस्थान खोजी लार्भा नष्ट गर्ने अभियान सञ्चानगरेको छ । केही साता देखी देश व्यापी रुपमा फैलीदैआएको डेंगु रोगको प्रवाह रोक्न यो जनचेतना मुलक अभियान सुरुगरेको हो । नगरपालिकामा रहेका १० वटै वडाहरुमा शुक्रवार वाट सुरु गरेको हो ।
यो अभियान हरेको वडाको सवै टोलटोलमा सञ्चाल गरीने भएको छ । यसै गरी वेदकोट नगरपालिकाका वडा नं. १० मा पनि जनचेतना मुलक कार्यक्रम गरेका् छ । आज पहिलो दिन वडा नं. १० मा रहेको सिसैया चोकवाट दैजी वजार सम्मका सवै पसल, घर, ग्यारेजमा गएर पानि जम्न नदिन र जमेकोको पानिलाई फाल्न सवै जनमानसमा सचेतना अभियान सुरु गरेको हरपाल आधारभुत स्वस्थ्य केन्द्रका प्रमुख लोगराज वोहराले जानकारी दिनुभयो । उनले भने अव सवै टोल टोलमा गएर लामखुट्टेको वासस्थान खोजी लार्भा नष्ट गर्ने अभियान नियमित रुपमा सञ्चालन गरिने छ ।
हाल डेंगु रोग लागेका व्यक्तिहरु वेदकोट नगरपालीका को वडा नं. ५ र वडा नं. ३ मा समेत देखा परेकाले सवैमा सचेत रहन आग्रह गर्नु भएको । यदी कसैलाई लामो समय सम्म ज्वोरो आएको छ भने ढिला नगरी नजिकको स्वस्थ्य केन्द्रमा गइ डेंगु भए नभएको परिक्षण गरेर औषधि सेवन गर्नु पर्ने स्वस्थ्य केन्द्रका प्रमुख वोहराले जानकारी दिनुभयो ।